देउवाले पत्र ढिलो पठाउँदा खारेज भएन कँडेलको उम्मेदवारी

पोखरा । नेपाली कांग्रेसले गठबन्धनअनुसार पालुङटारको मेयर जनता समाजवादीलाई छोड्ने केन्द्रीय निर्णय गर्यो। सोही निर्णयअनुसार सभापति शेरबहादुर देउवाले निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखी आफ्ना उम्मेदवारको नाम हटाइदिन आग्रह गरेका भएपनि देउवाको सो आग्रहलाई निर्वाचन अधिकृतको कार्यालयले कार्यान्वयन गरेन।

पालुङटारमा कांग्रेसबाट दीपक बाबु कँडेल मेयरका उम्मेदवार छन्। निर्वाचन अधिकृतको कार्यालयले केन्द्रले पठाएको पत्र समयभित्र नआएको भन्दै कँडेलको नामसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो। नेपाली कांग्रेसका अध्यक्ष देउवाले उम्मेदवार फिर्ता बोलाउने पत्र पालुङटारमा नपठाई मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा पठाएका थिए। पाँच बजेभित्र पालुङटार जानुपर्ने उम्मेदवारी फिर्ताको पत्र करिब ६ बजे मात्रै पुगेको थियो।

समयमा पत्र नपाएकाले उनको उम्मेदवारी कायम नै रहेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले जानकारी दिएका छन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ ९५० मा उल्लेख भए अनुसार केन्द्रीय समितिले उम्मेदवार फिर्ता बोलाउन सक्ने व्यवस्था छ। अन्तिम नामावलीमा नाम टाँस भएकाले अब निर्वाचन प्रक्रियामा सहभागी हुनुको विकल्प नरहेको मेयर पदका उम्मेदवार कँडेल बताउँछन्।

अध्यक्ष देउवाले पत्र पठाएपछि पालुङटारका कांग्रेस नेता कार्यकर्ताहरूले विरोध जुलुस निकालेका थिए। कँडेल यसअघि पनि पालुङटारका मेयर थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *