गोकर्णेश्वर नगरपालिकामा सबै पदमा गरी १५ उम्मेदवारी फिर्ता

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा अन्तिम नामावली प्रकाशन गर्ने दिन १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसका बागी उम्मेदवार श्रीकृष्ण ज्योति, कांग्रेसकै वडा नं ८ का बागी वडाध्यक्ष उम्मेदवार लक्ष्मण चौलागाईं, जसपाका मेयर उम्मेदवार चन्द्रप्रसाद गिरिसहित वडाध्यक्ष र सदस्य गरी १५ जना रहेका छन्। उपमेयरमा नेपाली कांग्रेसकै बागी उम्मेदवार लक्ष्मी पुडासैनी, वडाध्यक्षका बागी उम्मेदवारहरू प्रेम कुमार श्रेष्ठ र राजेश थापाले भने उम्मेदवारी फिर्ता लिएनन्। त्यस्तै, अर्का बागी वडा नं ४ का वडा अध्यक्ष उम्मेदवार जयराम महतलाई भने समाजवादी र माओवादीले सघाउने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको छ।

यससँगै ९ वटा वडा रहेको नगरपालिकामा ८ दल र ३ स्वतन्त्र गरी ११ जना मेयरमा, ६ दल र १ स्वतन्त्र गरी ७ जना उपमेयरमा र वडा अध्यक्ष र सदस्यहरू गरी नगरपालिकाको चुनावी मैदानमा १९७ जना उत्रिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *