कांग्रेसका बागी उम्मेदवारसँग माओवादी र समाजावादीको गठबन्धन

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकासँग नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् ।

कांग्रेसको साधारण सदस्य समेत नरहने गरी बाग्मती प्रदेश काठमाडाैँ ३ ख का सचिव पदबाट राजीनामा दिई वडा नम्बर ४ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जयराम महतसँग माओवादी र समाजवादीले गठबन्धन गरेका हुन् ।

माओवादीका वडा अध्यक्षका उम्मेदवार शिवहरी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै गठबन्धन अघि बढेको हो ।

वडा सदस्यहरूमा भने माओवादी र समाजवादीले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

गठबन्धनको निर्णय अनुसार स्वतन्त्र उम्मेदवार जयराम महतलाइ माओवादी र समजवादीले सघाउने र स्वतन्त्र उम्मेदवार पक्षले माओवादी र समाजवादीका वडा सदस्यहरूलाई सघाउने उल्लेख छ ।

स्वतन्त्र उम्मेदवार महत, २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *