एमाले गोकर्णेश्वरद्वारा २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडाैँ । नेकपा एमालेले आसन्न स्थानीय निर्वाचनको लागि गोकर्णेश्वर नगरपालिकामा डा. विदुर चालिसेको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

आज जोरपाटीस्थित ड्रिम हाउसमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईको उपस्थितिमा एमाले गोकर्णेश्वर नगर कमिटीले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

नेकपा एमालेले गोकर्णेश्वर नगरपालिकामा मेयर र उपमेयरमा क्रमस उद्धव बिष्ट र सान्नानी लामालाई चुनावी मैदानमा उतारेको छ ।

नगरपालिकाको ९ वटै वडामा उम्मेदवारी दिएको एमालेको कूल उम्मेदवार संख्या ४७ रहेको छ ।

गत ०७४ सालको स्थानीय निर्वाचनमा यस नगरपालिकामा एमालेले २ जना वडाअध्यक्ष सहित केही वडा सदस्यहरू जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *