बागी उम्मेदवारलाई एकलौटी टिकट; धनगढी वडाध्यक्षसहित ५८ जनाद्वारा काँग्रेस परित्याग

धनगढी । धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ५८ जनाले नेपाली काँग्रेसबाट सामूहिक राजीनामा दिएका छन्।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकलौटी गरेर बागी उम्मेदवारलाई टिकट दिइएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापासहित ५८ जनाले सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै साधारण सदस्यसमेत नरहने गरेर पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। २०७४ को चुनावमा बागी भई कारबाहीमा परेको तर हालसम्म कारबाही फुकुवा नभएको व्यक्तिलाई सिफारिस गरेकोप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण वडाध्यक्ष थापाले बताए।

निर्वाचनका लागि वडा नम्बर ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष र २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो। तर, टिकट वितरण गर्ने निकायले बाँकी आकांक्षीसँग कुनै आवश्यक छलफल नै नगरेर बागी उम्मेदवारलाई टिकट वितरण गरिएको उनीहरूको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *