एमसिसी पारित गर्ने दलहरूकाे आलोचना गर्दै नेमकिपाले ल्यायाे घाेषणापत्र

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीले स्थानीय तह केन्द्रीत घोषणा पत्र सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत क्षेत्रमा गर्ने काम समेटेर घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा अमेरिका र अमेरिकी आर्थिक परियोजना एमसीसीको विरोध गर्दै यसलाई पारित गराउन खोज्ने दलको आलोचना गरेको छ । स्थानीय तहको निर्वाचन घोषणापत्र–२०७४ मा अन्य दलहरूले समावेश गरेका युवा उद्यम कोष, कृषिमा उद्यमशीलता, सहकारी संस्थामार्फत गरिबी निवारण, माध्यमिक तहसम्म पूर्ण निःशुल्क र अनिवार्य शिक्षा जस्ता विषयलाई पूरा गर्न नसकेकाले अव नेमकिपाले त्यसलाई अघि बढाउने नेता प्रेम सुवालले बताए ।

जनसङ्ख्याको चाप बढ्दै आउँदा वाहनअनुसारको सडक, ऐननियम र त्यसलाई कार्यान्वयन गर्न नगर प्रहरीको बन्दोवस्त गर्न नेमकिपाले जोड दिएको उनले बताए ।

पत्रकार सम्मेलनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले कम्युनिष्ट र समाजवाद भन्ने दलहरूले मुलुकलाई ध्वस्त पारेको आरोप लगाए । उनले नेमकिपाले मुलुक हितको विपरीत काम गर्नेको विरुद्ध सदैव आवाज उठाउने धारणा राखे ।

यसअघि नेमकिपाबाट निर्वाचित प्रतिनिधिहरूले आर्थिक अनुशासनको पालना गरेर वडा बजेटबाट जनताको सहभागितासहित पारदर्शी ढङ्गले विकास निर्माण कार्य गरको दावी पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *