केशव स्थापितकाे बचाउमा ओली, भने – चुनाव आयाे कि मीटू

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मीटू विवादमा परेका एमालेबाट काठमाडाैँका मेयर उम्मेदवार केशव स्थापितकाे बचाउ गरेका छन् ।

एमाले काठमाडौँ महानगर कमिटीकाे आयाेजनामा भएकाे पार्टी प्रवेश कार्यक्रममा बाेल्दै ओलीले काठमाडौँको मेयरमा अनुभवी र उत्साही स्थापितलाई अघि सारेको बताउँदै चुनावका बेला अनेक मुद्दा उठाइने उल्लेख गरे ।

उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मीटू आउँछ यस्ता बेलामा । मीटू ! मीटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ? हामी यस्ता कुराहरूमा होइन, महान उेद्दश्यतर्फ अघि बढेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *