कर्णालीमा उम्मेदवारहरू गाउँ–गाउँ पसे

सुर्खेत । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । यसको लागि कर्णाली प्रदेशभर विभिन्न राजनीतिक दलहरूले करिब–करिब आफ्ना उम्मेदवारको टुङ्गो लगाई सकेका छन् ।

कर्णालीका १० वटा जिल्ला मध्ये ८ जिल्लामा प्रमुख राजनीति दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गर्न निर्णय समेत गरेका छन् भने बाँकी सुर्खेत र रूकुमपश्चिमा गठबन्धनबीच कुनै सहमति हुन सकेको छैन् ।

कर्णालीका आठ जिल्लामा गठबन्धनले भागबन्डा गरेर भुनावी तालमेल गर्ने निर्णय गरेपनि धेरै पालिकाहरूमा केन्द्र र प्रदेशको निर्णय नमान्ने भन्दै आ–आफ्नो दलबाट उम्मेदवारी दर्ता गरेर भोट माग्न गाउँ–गाउँ पसेका छन् ।

उनीहरूले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासँगै गाउँ घर तथा टोल–टोलमा चुनावी अभियान शुरु भएका छन् । उम्मेदवारहरू आफ्ना प्रतिवद्धतापत्र, प्रचार सामग्री, कार्यकता तथा समर्थकसहित भोट माग्न थालेका छन् । हरेक वडामा टोल कमिटीले आआफ्ना दलको झण्डा, उम्मेदवारहरूको फोटो, निर्वाचन चिन्ह प्रचारमा जुटिसकेका छन् ।

कर्णाली प्रदेशको राजधानी उम्मेदवारी दर्ता लगत्तै परिणाम आफ्नो पक्षमा पार्न दलहरूले निर्वाचन परिचालनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा यतिबेला ठूला दलहरू केन्द्रीत भएका छन् । यहाँ उम्मेदवारहरू पनि कर्णाली प्रदेशका अन्य स्थानीय तहबाट बढी छन् ।

मेयर पदका उम्मेदवारको सहयोग मोह
यस्तै, नेपाली कांग्रेसबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा उम्मेदवार उपेन्द्र खड्कालाई चुनावको बेला सहयोग मोह बढेको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ का उपेन्द्रबहादुर खड्काले वीरेन्द्रनगर–१० मा रहेको मानवसेवा आश्रममा सहयोग गरेका छन् । मंगलबार खड्काले मेयर पदमा उम्मेदवारी दिएसँगै मानवसेवा आश्रम सुर्खेत शाखामा आश्रम गरिरहेका व्यक्तिलाई समयोग गरेका हुन् । खड्काले मंगलबार आश्रममा रहेका सबै बेसहारालाई भोजन गराएका हुन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा प्रमुख/उपप्रमुख, १६ वडाका अध्यक्ष, सदस्य गरी ४७७ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १७, उपप्रमुखमा १५ जना उम्मेदवारी छ । त्यस्तै, वडाध्यक्षमा १०७, महिला वडा सदस्यमा ८५, दलित महिला सदस्यमा ७३, खुला सदयमा १८० जनाले मनोनयन दर्ता गरेका छन् ।

वीरेन्द्रनगरको नगर प्रमुख पदमा नेपाली कांगे्रसबाट उपेन्द्र खड्का, नेकपा एमालेबाट मोहनमाया ढकाल, नेकपा (माओवादी केन्द्र) बाट राजेन्द्र गिरी, नेकपा (एकीकृत समाजवादी) बाट धना शाही, राप्रपाबाट मुकुन्दश्याम गिरीको उम्मेदवारी परेको छ ।

त्यस्तै, उपप्रमुखमा कांगे्रसबाट रामकुमारी थापा, एमालेबाट निलकण्ठ खनाल, माओवादी केन्द्रबाट शान्ति ढकाल, एकीकृत समाजवादीबाट वीरबहादुर रावत, रापप्राबाट लक्ष्मीकुमारी विकले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । प्रमुख/उपप्रमुख लगायतका पदमा साना दल र स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

भ्रष्टाचार नगर्ने कसम खाएर चुनावी अभियान
यस्तै, वीरेन्द्रनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारहरूले मन्दिरमा पुगेर भ्रष्टचार नगर्ने कसम खाएर चुनावी अभियान थालेका छन् ।

वीरेन्द्रनगरको मेयरमा पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी र उप–मेयरमा अन्जु बस्यालले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले वीरेन्द्रनगरको गणेश मन्दिरबाट राप्रपाका सबै उम्मेदवारल ‘भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने बाचा/कसम खाएर अभियन थालेका छन् ।

कसम खाएसँगै वीरेन्द्रनगरका सबै टोल–टोलमा पुगेर मतदाता फकाउँन थालेका छन् । उनिहरूले वीरेन्द्रनगरमा मुख्य एजेण्डा विकासमा कटिबद्ध रहने बाचा गरेका छन् ।

एमालेले चुनावी जनसेवा गर्ने

यस्तै, नेकपा (एमाले) ले बैशाख २७ गते वीरेन्द्रनगरको पिपलचौतारामा नगरस्तरीय चुनावी जनसभा गर्ने भएको छ । मंगलबार बसेको वीरेन्द्रनगर नगर कमिटी सचिवालय बैठकले चुनावी जनसेवा गर्ने निर्णय गरेको हो ।

एमालेले वीरेन्द्रनगरमा २० गते अघि नै विभिन्न स्थानमा चुनावी कोणसभाहरू गर्ने भएको छ । वीेन्द्रनगरको पिपिराचोक, शिवालयचोक, यरीचोक र टेम्पोपार्कचोक लगायतका ठाउँमा कोणसभा हुने भएको एमालले जनाएको छ ।

वीरेन्द्रनगरको वडा नम्बर १०, ११ र १२ वडाका कमिटीहरूले व्यवस्थापन तथा समन्वयमा पिपिराचोकमा १६ गते ४ बजे कोणसभा हुने एमाले वीरेन्द्रनगरले जनाएको छ ।

यस्तै, वडा नम्बर ३, ४, ६, र ९ का वडा कमिटीले यरीचोकमा १७ गते कोणसभाको आयोजनाको, वीरेन्द्रनगर वडा नम्बर ५, ७ र ८ को कमिटिले इत्रामस्थित शिवालयचोकमा १८ गते कोणसभाको आयोजना, वडा नम्बर १ र २ ले एमालेले वीरेन्द्रनगरमा १९ गते बाङ्गेसिमलस्थित टेम्पोपार्कमा कोणसभाको व्यवस्थापन र समन्वय गर्ने एमालेले जनाएको छ ।

यस्तै, चुनावी जनसभा र कोणसभाहरूमा वीरेन्द्रनगर उपत्यकामा रहेका प्रदेश, जिल्ला र नगर कमिटीका नेताहरू उपस्थित हुने जनाइएको छ । कोणसभाको समन्वय जिल्लाबाट वडामा तोकिएका इञ्चार्जहरूले गर्ने बताइएको छ । यीबाहेक आवश्यकताअनुसार वडा कमिटीहरूले पनि चुनावी कोणसभाका कार्यक्रम गर्न सक्ने एमालेले जनाएको छ ।

त्यस्तै, वीरेन्द्रनगरमा एमालेले उम्मेदवारसहित घरदैलो गर्ने कार्यतालिका बनाए आफ्ना उम्मेदवारलाई विजयी बनाउन घरदैलो कार्यक्रम लगायतका चुनावी अभियान सञ्चालन गरिसकेको एमाले जिल्ला प्रचार विभागका प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *