हप्तामा दुई दिन बिदा : स्कुल-क्याम्पस पनि बन्द हुने

काठमाडौँ । सरकारले साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आगामी जेठ १ गते बाट कार्यान्वयनमा आउने गरी सरकारले उक्त बिदा दिइने निर्णय गरेको हो ।

जेठ १ देखि लागू हुनेगरी कार्यालय समय भने बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म बढाइएको छ । ‘हाललाई परीक्षणको रूपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने। शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ ।

इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि सरकारले सो निर्णय गरेको हो ।

विद्यालय र क्याम्पसमा पनि दुई दिन बिदा हुने

विद्यालय र क्याम्पसमा पनि दुई दिन बिदा दिने सरकारले निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेल जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।

‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरू सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *