कालिकोटमा गठबन्धन नहुने, केन्द्रको निर्णय अस्वीकार

सुर्खेत । कालिकोटमा सत्तारूढ गठबन्धनबीच तालमेल नहुने भएको छ ।

सत्तारूढ दल पाँच दलीय गठबन्धन कालिकोटले केन्द्रको निर्णय अस्वीकार गरेको छ ।

केन्द्रको निर्णय अस्वीकार गर्दै कालिकोटमा भने दलहरूले एक्ला–एक्लै चुनावी मैदानमा होमिने निर्णय गरेका छन् ।

बुधबार नेपाली कांग्रेस कालिकोटका सभापति अम्मर शाहीको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले एमाले वाहेक गठबन्धन संग मित्रवत तालमेल गर्न सक्ने वा एक्ला–एक्दै चुनाव लड्न सक्ने निर्णय गरेको छ ।

यस्तै, बैठकमा कांग्रेस नेता भुपेन्दजंग शाही , माओवादी केन्द्रका नेता महेन्दबहादुर शाही लगायतका गठबन्धन भित्रका दलहरूले निर्णय गर्दै हस्ताक्षर समेत गरेका छन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *