केन्द्रीय बैंक डिजिटल करेन्सी सञ्चालनमा ल्याउने तयारी छ : डेपुटी गभर्नर मिश्र
२०७९ वैशाख १४ गते

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले राष्ट्र बैंकले केन्द्रीय बैंक डिजिटल करेन्सी(सीबीडीसी) सञ्चालनमा ल्याउने तयारीका साथ अध्ययन गरिरहेको बताएका छन् । राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिउको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विश्व नै अहिले डिजिटल युगमा प्रवेश गरिरहेको र केन्द्रीय बैंक डिजिटल मुद्राको प्रयोग हुन थालेको भन्दै उनले नेपालमा पनि त्यस किसिमको मुद्रा प्रचलनमा ल्याउने गरी तयारी भइरहेको उनले बताए । कोरोना महामारीको कारण अर्थतन्त्रमा असर परेको र विस्तारै अर्थतन्त्र सामान्य अवस्थामा आउन लागेको समेत उनले बताए । नेपालमा राष्ट्र बैंकले विसंस २०१३ वैशाख १४ गते स्थापना भएको थियो ।
सम्बन्धित समाचार
२०७९ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित









