विद्युतीय मुद्रा जारी गर्न अध्ययन थालिने

काठाडौँ । पछिल्लो समय डिजिटल कारोबार बढीरहेको सन्दर्भमा अब राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्न अध्ययन सुरु गर्ने भएको छ ।

शुक्रबार ल्याएको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

विश्वका धेरै देशले विद्युतीय मुद्रा प्रयोगमा ल्याएकोले यसको अध्ययन थाल्न आवश्यक ठानिएको राष्ट्र बैंकले जनाएको छ ।

याे बिटक्वाइन जस्ता क्रिप्टाे करेन्सीभन्दा फरक देशकै केन्द्रीय बैंकले जारी गर्ने डिजिटल करेन्सी (सीबीडीसी) हाे । यसले क्रिप्टाे करेन्सीबाट अर्थतन्त्रमा पार्ने हानी न्युन गर्न सघाउने अपेक्षा गरिएकाे छ ।

नेपालकाे छिमेकी देश चीनले समेत केन्द्रीय बैंक डिजिटल करेन्सी जारी गरिसकेकाे छ  । अब नेपालले पनि त्यसतर्फ अध्ययन सुरू गर्न लागेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *