चितुवाको छालासहित ३ जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट अवैध चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर–१० बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरूलाई बसपार्क स्थित सुनिता होटेल एण्ड लजको दोस्रो तलाको ४ नम्बर कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–८ हाल सुर्खेतको वीरेन्द्रनगर–१२ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर९१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षीय अम्मरबहादुर थापा रहेका छन् ।

उनीहरूलाई शंकास्पद अवस्थामा बसेको फेला पारेको र शरीर तथा होटलको कोठाको खानतलासी गर्दा कोठाको टेबलमा रहेको जेब्रा झोला भित्र टाउको देखि पुच्छरसम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीको भनाई रहेको छ ।

अवैध चितुवाको छाला जुम्लाको सिँजा गाउँपालिकाबाट दलबहादुर बुढाले आज (बुधबार) बिहान मात्रै वीरेन्द्रनगरमा ल्याएर आएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *