दैलेखमा १ हजार ९ सय बढीले गराए उम्मेदवारी दर्ता

सुर्खेत । स्थानीय तह निर्वाचनका लागि दैलेख जिल्लाभर एक हजार नौ सय ८३ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार आठबीस नगरपालिकामा दुई सय २०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा दुई सय ३६, दुल्लू नगरपालिकामा दुई सय ४५ र नारायण नगरपालिकामा २ सय ३५ जनाको उम्मेदवारी परेको हो ।

यस्तै, गुराँस गाउँपालिकामा एक सय ३६, डुंगेश्वर गाउँपालिकामा एक सय १०, भगवतीमाई गाउँपालिकामा एक सय ५०, नौमुले गाउँपालिकामा एक सय ५४, महाबु गाउँपालिकामा एक सय ५६, भैरबी गाउँपालिकामा एक सय ७५ र ठाटीकाँध गाउँपालिकामा एक सय ५७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिइन् ।

साथै, जिल्लाभर पालिका प्रमुखमा ७७, उपप्रमुखमा ६५ जनाको उम्मेदवारी परेको छ भने वडाअध्यक्षमा चार सय ७४, खुला सदस्यमा सात सय २१, महिला सदस्यमा तीन सय ३८ र दलित महिला सदस्यमा तीन सय आठ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *