गोकर्णेश्वरकाे मेयरमा १२ जनाकाे उम्मेदवारी

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाकाे मेयरमा १२ जनाले मनाेनयन दर्ता गरेका छन् ।

दर्ता भएका मनाेनयनमध्ये ८ जना दलका उम्मेदवार रहेका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार रहेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

यस्तै, नगरपालिकाकाे उपमेयरका लागि ७ जनाले मनाेनयन दर्ता गराएका छन् । जसमध्ये ६ जना दलीय उम्मेदवार रहेका छन् भने १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै, पालिकाभरिका ९ वटा वडाबाट ४८ जना वडा अध्यक्षका प्रत्याशी रहेका छन् । खुल्ला वडा पुरुष सदस्य मा ७४ जनाकाे मनाेनयन परेकाे छ भने खुल्ला महिला सदस्यमा ४१ जनाकाे मनाेनयन परेकाे छ । पालिकामा दलित महिला सदस्यमा भने ३० जनाले मनाेनयन दर्ता गरेका छन् ।

याेसँगै पालिकाभरबाट विभिन्न पदमा मनाेनयन दर्ता गर्ने उम्मेदवारकाे संख्या २१२ जना पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *