एसएसपीबाट राजीनामा दिएर बागी उम्मेदवारी

काठमाडौँ । नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर गोविन्दकुमार साहले धनुषाको विदेह नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र रूपमा नगरप्रमुखमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन्। नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखी आफूले नगरप्रमुखका लागि उम्मेदवारी दिएको साहले बताए। स्थानीय तह निर्वाचन लड्नकै लागि साहले केही साताअघि नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएका हुन्।

यस्तै, एमालेले टिकट नदिएपछि धनुषाको मिथिला नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण महतोले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले राजाराम महतोलाई नगरप्रमुखको टिकट दिएपछि हरिनारायणले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *