काठमाडौँ महानगरमा २२० जनाको उम्मेदवारी
२०७९ वैशाख १३ गते

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा २२० जनाको उम्मेदवारी परेको छ । राजनीतिक दल स्वतन्त्रतर्फबाट गरी विभिन्न पदमा २२० जनाको उम्मेदवारी परेको हो ।
विवरण संशोधन र अद्यावधिक गर्ने क्रम जारी रहेकाले केही सङ्ख्या तलमाथि हुनसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिकामा ३२ वडा छन् ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ताको समय दिएको थियो । देशभर शान्तिपूर्ण तवरबाट राती अबेरसम्म उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
२०७९ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित









