गोकर्णेश्वर कांग्रेसमा चर्को असन्तुष्टि, राजीनामा दिएकाहरू बागी उठे

काठमाडौँ । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका चर्को असन्तुष्टि रहेको देखिएको छ । जिल्लाले मनोमानी ढंगबाट मेयर, उपमेयरसहित वडाहरूमा टिकट वितरण गरेपछि चर्को असन्तुष्टि देखिएको हो ।

असन्तुष्ट पक्षले आफू रहेको पार्टीको पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ जिल्लाले मनोमानी ढंगले राम्रालाई नभई हाम्रालाई टिकट बाढेको उनीहरूको आरोप छ । टिकट बाँडफाँडमा असन्तुष्टि जनाउँदै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अम्बिका बस्नेतले राजीनामा दिएसँगै गोकर्णेश्वरमा राजीनामा दिनेको सङ्ख्या बढेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का इकाई सभापति लक्ष्मण चौलागाईँ, वडा नम्बर ३ का इकाई सभापति श्याम बहादुर श्रेष्ठ, वडा नम्बर २ का इकाई सभापति दीपेन्द्र लामा, पूर्व इकाई सभापति प्रेमप्रसाद श्रेष्ठ, बागमती प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (ख)का सचिव जयराम महतसहित क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्रियाशील सदस्यहरू करिब २०० जनाभन्दा बढिले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

असन्तुष्ट बनेका उनीहरू राजीनामा गरेपछि मेयर, उपमेयरसहित वडाध्यक्ष तथा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । असन्तुष्ट पक्षबाट मेयरमा पूर्व नगर सभापति श्रीकृष्ण ज्योति र उपमेयरमा क्षेत्रीय प्रतिनिधि लक्ष्मी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

यसैगरी वडा नम्बर २ का पूर्व इकाई सभापति प्रेमप्रसाद श्रेष्ठ, प्रदेश (ख)का सचिव जयराम महत र वडा नम्बर ८ का इकाई सभापति लक्ष्मण चौलागाईँले क्रमशः वडा नं २, ४ र ८ मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *