एमालेबाट भरतपुरकाे मेयरमा विजय सुवेदीको उम्मेदवारी दर्ता

भरतपुर । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यलय भरतपुरमा उनले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनलाई राप्रपाले सहयोग गरेको छ । एमाले र राप्रपाबीच तालमेल भएको छ । राप्रपाले उपमेयरमा उमेदवारी दिने भएको छ ।

मनोनयन दर्ताका लागि एमालेका कार्यकर्ताहरूले बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए । उम्मेदवारी दर्तापछि भरतपुरको समृद्धिका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताए । उनले महानगरको समृद्धि र भरतपुरकै माटोको विकासका लागि उनले आफूलाई भरतपुरबासीले भोट दिन आग्रह गरेका थिए ।

सुवेदीले भरतपुरमा राजनीतिक क्रान्ति धेरै थरिएको भन्दै आगामी दिनमा आर्थिक क्रान्ति गरी चितवनलाई देशकै राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी भन्छन्, ‘यसअघि पूरा हुन बाँकी रहेका कामहरूलाई व्यवस्थित रुपमा गुरुयोजना बनाएर अघि बढ्ने योजना रहेको छ ।’

भरतपुर महानगरको विकाससँगै समग्र चितवनका जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र अपूर्ण कामहरूलाई पूरा गर्न सम्पूर्ण भरतपुरबासीको साथको आवश्यकता रहेको भन्दै उनले आफूलाई जिताउनअपिल समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =