लेखन यात्राको २५ वर्षमा कुमार नगरकोटीको ‘नगरकोटी मन्त्र’

काठमाडौं– लेखक कुमार नगरकोटीले आफ्नो लेखनको २५औं वर्षलाई ‘रजत उत्सव’को रूपमा मनाउने भएका छन्। सोही अवसरमा उनी देशभरका पाठकमाझ ‘नगरकोटी मन्त्र’ नामक कार्यक्रम लिएर आउँदै छन्।

सपना र कल्पनालाई यथार्थ जीवनसँग जोड्दै आएका उनले सो एकल वाचन कार्यक्रममा आफ्ना विभिन्न भाषाका कविता, कथा, संस्मरणजस्ता रचनाका साथै जीवन र जगतसँग जोडिएका भोगाइ सुनाउने भएका हुन्। देशका करिब १ दर्जन शहरमा हुने सो उत्सवबारे उनी भन्छन्, ‘बदलिंदो समयसँगै आफ्ना पाठक र शुभेच्छुकसँग म मेरा कुरा साट्न चाहन्छु। त्यसैले, यो उत्सवको परिकल्पना भएको हो।’

उत्सवको आयोजना प्रकाशक बुकहिलले गर्ने भएको हो। बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, ‘नेपालमा यसरी लेखकको ब्राण्ड भ्यालु बुझाउन जरुरी पनि छ र नगरकोटीको लेखकीय छविलाई पाठकमाझ प्रस्तुत गर्न पनि आवश्यक भएकाले यो कार्यक्रम गर्न लागेका हौँ।’

आईएनजी ग्रुपको प्रायोजनमा हुन गइरहेको सो उत्सव आगामी जेठ अन्तिम साताबाट पोखराबाट सुरु भई देशका विभिन्न शहर हुँदै काठमाडौँमा समाप्त हुने आयोजक बुकहिलले जनाएको छ। टिकटमा हेर्न र सुन्न पाइने सो कार्यक्रममा नगरकोटीको नयाँ किताब ‘मन्त्र’ पनि दर्शकले हस्ताक्षरसहित प्राप्त गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *