कर्णालीको गठबन्धनमा समाजवादी तगारो !

सुर्खेत । कर्णालीमा भएको सत्तारूढ गठबन्धको भागबन्डामा समाजवादी तगारो बन्दै गएको छ । एक सातादेखि उम्मेदवार छनोटका लागि गठबन्धनका प्रदेशस्तरीय शीर्ष नेताहरूबीच प्रदेशका १० जिल्लामध्ये ८ जिल्लाको गठबन्धन टुङ्गिएको पनि सुर्खेत र रुकुमपश्चिमको भागबण्डामा ठोस सहमति हुन नसकेको छैन् ।

धेरै जसो पालिकामा समाजवादीको बाहुलेता कम तर, भाग ठुलो खोजेपछी गठबन्धनमा पालिकास्तरमा समाजवादी तगारो बनेको हो । वैशाख ३० गते गर्न लागिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा गठबन्धन दलहरूबीच अझै सहमति जुट्न नसकेको हाे ।

नेपाली कांग्रेसले सुर्खेतका नौवटै पालिकाहरूमा आफ्नो दावेदारीबाट पछि नहट्दा गठबन्धनभित्र सहमति जुट्न नसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसी ‘जितेन्द्र’ले जानकारी दिए । ‘कांग्रेसले जितेका पालिका बाहेक अन्यमा सामजवादी र माओवादीले भाग पाउनुपर्छ भन्दा पनि कांग्रेस सहमत छैन,’ जिसीले भने, ‘समाजवादी र माओवादीलाई उपप्रमुख र उपाध्यक्षमा मात्रै चित्त बुझाउनुपर्ने मनसाय कांग्रेसको हुँदा गठबन्धनभित्र ठोस सहमति भएको छैन् ।’

उनका अनुसार सुर्खेतमा कांग्रेसले जितेको एक पालिकासहित अन्य थप दुई पालिका माओवादी र समाजवादीले पाउनुपर्ने अडान छ, तर कांग्रेसले दिन नसकिने बताउँदै आएको छ । ‘अन्तिम प्रयासमा सात पालिकामा कांग्रेसले लिनुपर्ने, बाँकी दुईमा समाजवादी र माओवादीलाई दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ,’ जिसी भन्छन्, ‘कांग्रेसको मनसाय सबै पालिका आफैँले राख्नुपर्छ भन्ने बारम्बार दोहोर्याउँदा भागवण्डा मिल्छ भन्ने सम्भावना कम छ ।’

रुकुमपश्चिममा ६ वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा माओवादी केन्द्रले जितेका पालिका हुन् । यी पालिकामध्य एक पालिका नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र तयार छ । तर, कांग्रेसले रुकुम पश्चिमको एक पालिका लिने र सुर्खेत नछोड्ने अडानमा कांग्रेस रहेको जिसी बताउँछन् । सहमति नभएपछि मित्रवत् रूपमा निर्वाचनमा जानेसम्मको बहस समेत भइसकेको जिसीले उल्लेख गरे । सहमतिको लागि प्रयास जारी रहेपनि नटुङ्गिँदा छुट्टाछुट्टै उम्मेदवारी मनोनयन दर्ता गरिने जिसीको भनाई छ ।

गठन्धनले प्रदेशका बाँकी आठ जिल्लामा भागवण्डा टुङ्ग्याएपनि कति पय ठाउँमा कांग्रेसभित्रै असन्तुष्टी देखिएपछि छुट्टाछुट्टै उम्मेदवारी मनोनयन दर्ता गर्ने गृहकार्यमा छन् । दैलेखको चामुण्डामा गठबन्धनबाट नेकपा समाजवादीलाई दिएपनि कांग्रेसले एक्लै चुनाव लड्ने भन्दै विज्ञप्ती जारी गरेर मनोनयन गर्ने तयारी गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार मनोनयन गर्ने आज अन्तिम दिन हो ।

समाजवादी र माओवादीबीच कुरा मिलेन
नेपाली कांग्रेसका कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री निरञ्जन केसीले सुर्खेतका नौ पालिका कांग्रेसले दावी नगरेको र बाहिर गरिएको हल्लामा सत्यता नरहेको बताएका छन् । सुर्खेतमा कांग्रेसले दुइ पालिका छोड्दा समेत दुवै दलविच आपसी नहुँदा ठोस सहमति हुन नसकेको र कांग्रेसले नौवटै पालिकामा दावी नगरेका महामन्त्री केसीले जानकारी दिए । ‘कांग्रेसले जितेको सुर्खेतका ६ पालिकासहित सिम्ता हामीले लिने सहमति भएको हो’, केसी भन्छन्, ‘लेकवेशी नगरपालिका र चौकुने गाउँपालिका हामीले छोडिसकेका छाैँ, माओवादी र समाजवादीबिचमै कुरा नमिल्दा दोष कांग्रेसमाथि थुपार्नु राम्रो हैन् ।’

केन्द्रीय निर्देशनअनुसार गठबन्धन कायम राख्नु पर्छ मान्यतामा नेपाली कांग्रेस कटिबद्ध रहेपनि समाजवादी र माओवादी दुवैले चौकुने नै लिन खोज्दा ठोस् सहमति नभएको केसी बताउँछन् । उनले सहमतिको लागि प्रयासहरू जारी नै रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *