सैनिक मुख्यालयमा चार सुरक्षा प्रमुखबिच छलफल

काठमाडाैँ । निर्वाचन सुरक्षा बारे चारवटै सुरक्षा निकायका प्रमुखबिच सैनिक मुख्यालय जंगि अड्डामा छलफल भएको छ । आइतबार दिउँसो सबै सुरक्षा निकायका प्रमुख प्रधानसेनापति प्रभुराम शर्माको कार्यकक्षामा पुगेका हुन् ।

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि सरकारले तयार गरेको एकीकृत सुरक्षा योजना अनुसार प्रभावकारी रुपमा कसरी काम गर्ने भन्ने विषयमा उनीहरुबिच छलफल भएको हो।
छलफलमा एक अर्काबिच कसरी समन्वय गर्ने भन्ने विषयमा केन्द्रीत रहेको जंगि अड्डा श्रोतले जनाएको छ ।

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल सहभागी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =