पाेखरा महानगरकाे एमाले उम्मेदवार पाैडेलकाे सुन चाेरेकाे भिडिओ ‘भाइरल’ (भिडिओसहित)

पाेखरा । नेकपा (एमाले) ले पोखरा महानगरपालिकाकाे मेयरको टिकट दिएकाे नेता दीपक पौडेललाई सुन चोरेको आरोप लागेको छ । उनले सुन चाेरेकाे भनिएकाे भिडिओ अहिले सामाजिक सञ्जालहरूमा ‘भाइरल’ भइरहेकाे छ । यससँगै उनकाे एमालेकै कार्यकर्ताहरूले समेत आलाेचना गरेका छन् ।

पाैडेलनिकट नेताहरूले यसलाई चुनावकाे मुखमा फण्डा गर्न खाेजिएकाे आराेप लगाएका छन् ।  उनलाई टिकट दिएसँगै पुरानाे र झुटाे भिडिओ साझेदारी गरेर ‘भाइरल’ बनाइएकाे उनीहरूकाे तर्क छ ।

महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले भने उक्त भिडिओ उनकै हाे भनेर पुष्टि भइनसकेकाे बताएका छन् । उनले भने— ‘फेसबूकमा आएपछि मात्रै थाहा पाएँ मैले पनि । त्याे उहाँकै हाे कि हाेइन थाहा छैन । सम्पर्क हुन सकेकाे छैन । थप बुझ्नेछु ।’

भिडिओ सार्वजनिक भएपछि उनकाे आलाेचना तीव्र रूपमा हुन थालेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =