भरतपुरको मेयरमा सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराउने नेमकिपाका दुवाल

भरतपुर । भरतपुरको मेयरमा सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराउने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का हरिप्रसाद दुवाल भएका छन् ।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सबैभन्दा पहिला भरतपुर महानगरपालिकाको मेयरमा उमेदवारी दर्ता गराएका हुन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाच आयोगले आज र भोलि मनोनयन दर्ता गर्दै छ । आज ११ बजे मेयरमा उमेदवारी दर्ता गराएका दुलालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली रहेका छन् ।

नेमकिपाले उपमेयरमा उमेदवारी दर्ता गरेको छैन । दुलालपछि राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङले महागनरको मेयरमा उमेदवारी दर्ता गरे । उनको प्रस्तावकमा टेकबहादुर मगर र समर्थकमा रविन्द्र सिंह गुरुङ रहेका छन् ।

जनमुक्ति पार्टीकी मिना थापा मगरले उपमेयरमा मनोनयन दर्ता गरेकी छन् । उनको प्रस्तावकमा विमला राना र समर्थकमा सुमित्रा राना छन् ।

प्रतिक्रिया

3 thoughts on “भरतपुरको मेयरमा सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराउने नेमकिपाका दुवाल

  1. देशको ठुला पार्टी भनाउँदा ने.कां, एमाले , माओवादी जस्ता देश बेचुवा, राष्ट्रघाटी पार्टीलाई हराऔँ । नेमकिपालाई जिताऔं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =