स्थानीय निर्वाचन २०७९

मनाेनयन दर्ता शुरू, गठबन्धनकाे अधिकांश उम्मेदवारी भाेलि मात्रै (तस्बिरहरू)

काठमाडाैँ । आसन्न स्थानीय तहकाे निर्वाचनकाे लागि मनाेनयन दर्ता कार्यक्रम शुरू भएकाे छ । काठमाडाैँ महानगरकाे लागि राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरिएकाे छ । त्यहाँ दलहरूले उम्मेदवारी दर्ता गराउने छन् । बिहान १० बजेबाट शुरू भएकाे मनाेनयन दर्ता कार्यक्रममा केही स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले) ले पनि उम्मेदवारी दर्ता गराएकाे छैन । एमालेले काठमाडाैँ महानगरमा केशव स्थापितलाई मेयरकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ । सत्ता गठबन्धनले पनि उम्मेदवारी दर्ता गराएकाे छैन । गठबन्धनकाे तर्फबाट काठमाडाैँ महानगरमा कांग्रेस नेता प्रकाशमान सिंहपत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । यद्यपि सत्ता गठबन्धनले अधिकांश उम्मेदवारी दर्ता भाेलि मात्रै गराउने भएकाे छ ।

निर्वाचन आयाेगले साेमबार ५ बजेसम्म मनाेनयन दर्ता गराउन सकिने जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *