एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार ३ बजेलाई बोलाइएको बैठक तिन घण्टा ढिला सुरु भएको हो ।

आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्ने बिषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

 

हालसम्म ललितपुर, भरतपुर र वीरगन्जबाट एक/एक जनाको नाम मात्रै प्रदेश कमिटीले केन्द्रमा पठाएको छ भने पोखरा, काठमाडौ र विराटनगरबाट उम्मेदवारमा सिफारिस भएका नामहरूबाट टुंगो लगाउने एमालेको तयारी रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =