माओवादी केन्द्रले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ भने ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ ।
केन्द्रले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु रहेका छन् ।
महानगरमा मेयर र उपमेयर १/१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २ जना भागबण्डामा पाएको थियो ।
आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने समेत एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रले अरु प्रदेश र जिल्लाको आवश्यकतामा चुनावी तालमेल गरेको छ ।









