लमहीस्थित मस्जिदमा आक्रमण, आठजना घाइते
२०७९ वैशाख ९ गते

काठमाडौँ । दाङको लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको अवस्थामा अपरिचित व्यक्तिले आक्रमण गर्दा आठजना घाइते भएका छन्।
स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला केही व्यक्तिले धारिलो हतियार र इँट्टा प्रहार गर्दा लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको छ।
सोही ठाउँका ३३ वर्षीय अरसद अली, सब्बीर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली र ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएका हुन्।
२०७९ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








