मेयर रेणु दाहालको राजीनामा स्वीकृत

चितवन । फेरि मेयरमा उठ्ने भएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिएकी छन् ।

उनले महानगर उपप्रमुख पार्वती शाहलाई राजीनामा पेस गरेकी हुन् । उनको राजीनामा स्वीकृत भइसकेको महानगरको सचिवालयले जनाएको छ ।

सत्तारूढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बन्ने भएपछि दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । उनलाई गठबन्धनले भरतपुर महानगरको मेयरमा फेरि उठाउने भएको छ ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि उनले मेयर पदबाट राजीनामा दिएकी हुन् । मेयरका उम्मेदवार रेनु दाहाल अब खुलेर मतदातासँग मत माग्नमा व्यस्त हुने माओवादी केन्द्र चितवनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =