जिम्बावे ‘ए’सँग खेल्ने नेपालको टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

टोलीमा ओपनर सुनिल धमला, किशोर महतो र विनोद भण्डारी नेपाली टोलीमा फर्किएका छन् । यस खेलले अन्तर्राष्ट्रिय ओडिआई र लिष्ट ए कुनैपनि मान्यता पाउने छैन । त्यसैले नेपालको लागि अभ्यास सरह मात्र हुनेछ ।

नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।

नेपाल र जिम्बावे ए सँगको तालिका
वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल
वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल

वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल
वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल
वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =