दुई वर्षपछि भौतिक उपस्थितिमा एसइई (तस्बिरहरू)

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दुई वर्षपछि आजबाट भौतिक उपस्थितिमा सञ्चालन भएको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

लगातार दुई वर्ष कोभिड १९ का कारण भौतिक उपस्थितिमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा भएको हो ।

यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी छन् । एसइईमा छात्राभन्दा छात्रको सङ्ख्या केही बढी छ । छात्र दुई लाख ५७ हजार नौ सय २७ र छात्रा दुई लाख ५७ हजार ५३ छन् ।

परीक्षा नियन्त्रक रायमाझीका अनुसार देशभरमा दुई हजार सात परीक्षा केन्द्र छन् । एसइई २० वैशाखमा सम्पन्न हुने तालिका छ । यस वर्ष मूल्याङ्कनको आधारसमेत परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्याङ्कनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ ।

यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *