दुई वर्षपछि आजबाट भौतिक रूपमा एसइई

काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुँदैछ । लगातार दुई वर्ष कोभिड- १९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा हुन लागेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको एसइईमा देशभरबाट पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । एसइईमा छात्राभन्दा छात्रको संख्या केही बढी छ । छात्र दुई लाख ५७ हजार नौ सय २७ र छात्रा दुई लाख ५७ हजार ५३ छन् । परीक्षा नियन्त्रक रायमाझीका अनुसार देशभरमा दुई हजार सात परीक्षा केन्द्र छन् । एसइई २० वैशाखमा सम्पन्न हुने तालिका छ ।

यसैगरी यस वर्ष मूल्यांकनको आधारसमेत परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्यांकनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ । यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *