सट्टाबाजीमा संलग्न दुईजना पक्राउ

विराटनगर । विराटनगरमा सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ।

भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको सट्टाबाजी खेल खेलाउने विराटनगर महानगरपालिका वडा नं. ६ निवासी ४२ वर्षीय सचिन कुमार साहसहित खेल खेल्नेवडा नं. ९ निवासी ४४ वर्षीय भुपेन्द्र कुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। सट्टाबाजी खेलाउने सचिन र खेल्ने भुपेन्द्र दुवैजनालाई मोरङ जिल्ला अदालतबाट सट्टाबाजीकसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनीहरूको साथबाथ २ थान मोबाइल, १ थान सिद्धार्थ बैंकको चेक, १ थान लक्ष्मी बैंकको चेक र २८ हजार ३ स २५ रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *