निर्वाचनलाई शान्तिपूर्ण बनाउन गृहमन्त्रीले गरे सुरक्षा निकायसँग छलफल

काठमाडाैँ । सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको हो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सवै निकाय लाग्ने र निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले जानकारी दिए ।

उनले समग्र उम्मेदवारको मनोनयनदेखि मतपरिणाम नआएसम्मका लागि विशेष सुरक्षा योजनाका साथ अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा विभिन्न सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतका प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *