स्थानीय तह निर्वाचन

१ करोड १९ लाख मतपत्रकाे छपाइ सम्पन्न

काठमाडाैँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले हालसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि द्रूत रुपमा मतपत्र छापिने क्रम जारी रहेको जानकारी दिए ।

त्यस्तै, बाजुरा, अछाम, सोलुखुम्बु, मुगु सहितका जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने क्रम सुरु भइसकेको उनले बताए । सडक सञ्जाल जोडिएका स्थानमा सडक मार्गबाट र डोल्पा र मुगुमा भने द्रुत मार्ग वा हवाई मार्गबाट मतपत्र ढुवानी वैशाख १४ बाट सुरु हुने पौडेलले बताए ।

प्रवक्ता पौडेलले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्नको लागि ४४ वटा राष्ट्रिय संस्थालाई प्रवेक्षण अनुमति दिइएको उल्लेख गरे ।

त्यस्तै, उनले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए ।

पर्यवेक्षकले पर्यवेक्षण गरेको प्रतिवेदन ३० दिन भित्र आयोगमा पेश गर्नु पर्ने पौडेलले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *