प्रचण्ड भन्छन्- निर्वाचनताका देखिने असन्तुष्टि लोकतन्त्रकै एउटा रूप हाे, अन्यथा लिनहुन्न

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका बेला देखिने असन्तुष्टि लाेकतन्त्रकै रूप भएकाे बताउँदै यसलाई अन्यथा लिन नहुने बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्ताे बताएका हुन् । ‘गठबन्धनमा मात्रै होइन्,’ प्रचण्डले भनेका छन्, ‘एउटै दलभित्र समेत एउटाले टिकेट पाउँदा अर्को असन्तुष्ट हुनु स्वभाविक हो । झन् गठबन्धन नै तालमेलमा जाने भएपछि यसलाई सामान्यरुपमा लिनुपर्छ । तर अहिले देखिएका सबै असन्तुष्टि हल हुन्छन् । गठबन्धनका दलहरूले निकै सुझबुझका साथ निर्णय गरेका छाैँ । अहिले असन्तुष्ट देखिएका साथीहरूले समेत तालमेलको मर्म बुझ्छन् । हामी एकढिक्का भएर अघि बढ्छाैँ ।’

अध्यक्ष प्रचण्डले केन्द्रमा महानगर र उपमहानगरपालिका तालेमलबारे गठबन्धनले गरेको निर्णयको स्पिरिटअनुसार नगर र गाउँपालिकामा समेत गठबन्धन हुने बताए । उनले केही स्थानमा सम्भव नै नभएमा मात्र स्वस्थ्य प्रतिस्पर्धा हुने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *