ललितपुर विस्फोटमा मृत्यु हुनेको संख्या २ पुग्यो

काठमाडाैँ । ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा घाइते अर्का श्रमिकको पनि मृत्यु भएको छ । यससँगै विस्फोटमा मारिनेको संख्या दुई पुगेको छ ।

विस्फोटमा परी घाइते भएका २५ वर्षीय भारतीय नागरिक राजकुमार महतोको पनि १ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि घटना भारतको बिहारका ४५ वर्षीय बृज महतोको स्थलमै मृत्यु भएको थियो । अक्सिजन सिलिण्डर विस्फोट हुँदा अरु ६ जना घाइते भएका छन् ।

घाइते सबै नेपाली हुन् । घाइते सबै उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

विस्फोटमा परी पर्सा घर भई अक्सिजन प्लान्टमा कार्यरत ४३ वर्षीय रमेश अधिकारी, ललितपुरको महालक्ष्मी नगरपालिका ८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिकाका १९ वर्षीय सुदीप तिमल्सिना, महांकाल गाउँपालिकाका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगाकी २० वर्षीया अन्जना पौडेल र चन्द्रागिरी नगरपालिकाका ४९ वर्षीय गंगाराज शर्मा घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *