साेलुखुम्बु : २ पालिकामा तालमेल, ६ वटामा मित्रवत् प्रतिस्पर्धा

साेलुखुम्बु । सोलुखुम्बुमा २ वटा स्थानीय तहमा चुनावी तालमेल हुने भएको छ । जिल्लाको माप्यदुधकोशी गाउँपालिका र खुम्बुपासाङ ल्हामु गाउँपालिकामा तालमेल हुने भएकाे हाे । तालमेलबारेकाे ‘माेडालीटी’ तयारकाे जिम्मा पालिकास्तरीय संयन्त्र समितिलाई दिइएकाे छ ।

अन्य पालिकाहरूमा भने मित्रवत् प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन् । माओवादी केन्द्र, साेलुखुम्बुका नेता भूपेन्द्र कट्टेलकाअनुसार २ वटाबाहेक ६ वटा पालिकाहरूमा भने गठबन्धनबीच नै पनि मित्रवत् प्रतिस्पर्धा हुने पक्कापक्कीजस्तै भएकाे छ । साेलुखुम्बुमा ८ स्थानीय तह छन् । जहाँ, यसपटक २ वटामा भने गठबन्धन हुने भएकाे हाे ।

२०७४ सालको चुनावमा माप्यदुधकोशी, खुम्बुपासाङ ल्हामु, नेचासल्यान र सोताङ गाउँपालिकामा एमालेले जित हासिल गरेको थियाे । यस्तै थुलुङ दुधकोशी, महाकुलुङ र लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रले जित हासिल गर्दा एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका नेपाली कांग्रेसले जितेकाे थियाे ।

नेचासल्यान, सोताङ, महाकुलुङ, थुलुङ दुधकोशी, लिखुपिके गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा आ-आफ्नै उम्मेदवार उठाउने सर्वसम्मत निर्णय गरिएको छ । गठबन्धनमा रहेका दलहरू जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको हकमा जनमत रहेको वडाहरूमा समायोजन गर्ने सहमति बनेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *