ललितपुर विस्फाेट : गृहमन्त्रीकाे चासाे, उद्याेगमन्त्री घटनास्थलमा

काठमाडाैँ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीय ब्रिजु महतो रहेका छन् । त्यस्तै बिस्फोटमा ७ जना घाइते भएका छन् , घाइते मध्ये एकको अवस्था गम्भीर रहेका प्रहरीको भनाई छ ।

बिस्फोटका कारण अक्सिजन प्लान्ट पूर्णरूपमा ध्वस्त भएको छ भने नजिकका घरहरूमा पनि क्षति पुगेको छ ।

बिहान १० बजेको हाराहारीमा अक्सिजन रिफील गर्ने क्रममा सिलिण्डर बिष्फोट भएको र एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले जानकारी दिनुभयो । उहाले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडुले स्थलगत अवलोकन गर्दै घटनाप्रति दुःख व्यक्त गरे । उनले अक्सिजन सिलिण्डर नै बिस्फोट हुने घटना नौलो भएको भन्दै यसको अनुसन्धान गरिने जानकारी दिए । मन्त्री बडुले घटनामा मृतक र घाइतेका परिवारलाई भेट्ने र सरकारले आवश्यक सहयोग गर्ने बताए ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले पनि अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *