ललितपुर अक्सिजन प्लान्ट विस्फोटमा भारतीय श्रमिकको मृत्यु

काठमाडाैँ । ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा मृत्यु हुने भारतीय नागरिक भएको खुलेको छ ।

ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार भारतको बिहारका वृज मोहन महतोको मृत्यु भएको हो ।

अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाई पाटन अस्पताल लगिएको छ । एक जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू पनि भारतीय नागरिक भएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *