राइटर्स इन्टरनेशनलले मनायाे वार्षिकोत्सव, मनकली उपन्यास विमाेचन

काठमाडाैँ । लेखक संसार नेपालले आफ्नाे पहिलाे वार्षिकाेत्सव मनाएकाे छ । साहित्यकार तथा लेखक संसार नेपालकी अध्यक्ष उपमा आचार्यको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङकाे उपस्थितिमा मनाइएकाे वार्षिकाेत्सव कार्यक्रममा साहित्यकार विमला अधिकारीद्वारा लिखित ‘मनकली’ उपन्यास विमाेचन गरिएकाे थियाे ।

मनकालीमाथि समालाेचना गर्दै समालोचक उप प्रा. मनमाया पाेखरेल र डा. गोविन्दमानसिंह कार्कीले समग्रमा उपन्यास राम्राे बनेकाे बताए ।

कार्यक्रमका बीच विशिष्ट अतिथि राइटर्स इन्टरनेशनलका ग्लोबल अध्यक्ष ज्ञानेन्द्र गदालले भाषा,साहित्यको सेवा र विस्तारमा लामो समयदेखि निरन्तर समर्पित र योगदान दिने तीन संस्थाका प्रतिनिधिहरूलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए । शारदा मासिक पत्रिकाकी विमला भाैकाजी, जुञ्जन नारी साहित्य संस्थाकी जलेश्वरी श्रेष्ठ, वासु शशी परिषद्का प्रधुम्र जाेशीलगायतलाई ५१ हजार जनहीसहित प्रमाणपत्रका साथमा सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *