गणभित्रै गोली चल्दा सैनिक गम्भीर घाइते

काठमाडौँ । कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणभित्र गोली चलेको छ । बुधबार साँझ ७ बजेतिर गोली चल्दा गणको भित्री पोष्टमा कार्यरत झापा गौरादह-१ कि २४ वर्षीया कोपिला राजवंशी गम्भीर घाइते भएकी छन् ।

गोली लागेको अवस्थामा उनलाई बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकी उनको उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगिएको छ ।

उनको छाती र पेटमा दुई वटा गोली लागेको छ । सैनिक स्रोतले राजवंशी आफैँले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *