लोडसेडिङमुक्त देश भनिएपनि उद्योगहरूमा लोडसेडिङ छ : अध्यक्ष ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघिको आफू नेतृत्वको सरकारले मुलुकको विकासका धेरै काम गरेको दावी गरेका छन् ।

बुधबार ललितपुरमा आयोजित युवासँग केपी ओली कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले सडक निर्माणदेखि विभिन्न विकासका काम गरेको दावी गरेको बताएका छन् ।

उनले सडक बालबालिकामुक्त बनाइएको, विभिन्न विमानस्थललाई स्तरोन्नति गरिएको जानकारी दिए । अध्यक्ष ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिदबिक्री नहुने दावी गरे ।राजनीतिक क्षेत्र कसैको ठेक्का पट्टाको विषय नभएको पनि उनले बताए ।

अध्यक्ष ओलीले मुलुक लोडसेडिङमुक्त भनिएपनि उद्योगहरूमा लोडसेडिङ भइरहेको र चार रुपैयाँमा भारतलाई बिजुली बेचेर महङ्गोमा भारतबाटै खरिद गरिरहेको आरोप लगाए ।

उनले जीवनको विकासका, खोज, अध्ययन र अनुसन्धानका लागि नेपाल अनुकुल भूमि रहेको भन्दै यसको उचित उपयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *