नवलपुर अदालतमा पनि फेरियाे पीडितकाे बयान, भनिन् – ‘रिसोर्ट सञ्चालककी छोरीसँग सुतेको हुँ’

नवलपुर । पल शाहविरुद्ध बलात्कारको आरोप लगाउने नाबालिग गायिकाले नवलपुर अदालतमा पनि बयान फेरेकी छन् । नवलपुर अदालतमा बुधबार बकपत्रका क्रममा उनले आफूमाथि पल शाहले करणी नै नगरेको बयान दिएकी हुन् ।

उनले २०७७ चैत ७ गते गैंडाकोटको रिसोर्टमा बस्दा रिसोर्ट सञ्चालककै छोरीसँग सुतेको बयान दिएको पल शाहका अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।

गत फागुन १५ गते दर्ता जाहेरीमा भने रक्सी खाएर राति कोठामा आएका पल शाहले करणी गरेको आरोप लगाइएको छ । तर पीडितले नै बुधबार त्यो जाहेरीमा लगाएको आरोप झुटो भएको बताएकी छन् ।

‘म रिसोर्ट सञ्चालककी छोरीसँग सुतेको हो । पलले मलाई करणी गरेका होइनन्’, नाबालिगले अदालतमा भनिन्, ‘पल शाह त मेरा अविभावक हुन् । राति मेरो कोठामा आएका पनि होइनन् । हाम्रो बिचमा कुनै नराम्रो सम्बन्ध छैन ।’

पल शाहले त्यस रात रक्सी खाए नखाएको पनि उनले थाहा नभएको बताएकी छन् । नवलपुर अदालतमा बुधबारबाट बकपत्र सुरु भएको हो । नाबालिगको बकपत्र सकिएको छ । अब जाहेरवाला पीडितका बुबा र अन्य साक्षिको बकपत्र हुनेछ ।

बकपत्रका लागि पल शाहलाई बुधबार नवलपुर पुर्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *