महाप्रसादकै नियति भाेगेका गभर्नर रावल भन्छन्- ‘अर्थमन्त्रीले राजीनामा दिनैपर्छ भन्ने छैन’

काठमाडाैँ । डा. तिलक रावल महाप्रसाद अधिकारीजस्तै कुनै समय निलम्बनमा परेका गभर्नर हुन् । २०५६ सालकाे आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई नेतृत्वकाे मन्त्रिमण्डलमा अर्थमन्त्री बनेका महेश आचार्यले रावललाई गभर्नरबाट निलम्बन गरेका थिए । पछि उक्त निलम्बनविरुद्ध परेकाे रिटकाे सुनुवाइ गर्दै सर्वाेच्च अदालतले रावललाई पुन: गभर्नरकै हैसियतमा काममा फर्कनु भन्याे । यसपछि अर्थमन्त्री आचार्यले पदबाट राजीनामा दिएका थिए ।

अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि गभर्नर अधिकारीलाई निलम्बन गर्न शेरबहादुर देउवाकाे नेतृत्वकाे मन्त्रिमण्डलमा निर्णय गराएका थिए । तर, सर्वाेच्च अदालतले गत चैत २४ गतेकाे मन्त्रिपरिषद्‌काे निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍याे । न्यायाधीश हरिप्रसाद फुँयालकाे एकल इजलासले अर्काे फैसला नआइन्जेलसम्मका लागि अधिकारीमाथिकाे कारबाही कार्यान्वयन नगर्न भनेकाे छ । यससँगै आजबाट अधिकारी काममा फर्किएका छन् ।

तर, अर्थमन्त्री शर्माले भने अहिलेसम्म केही बाेलिसकेका छैनन् । उनकाे धेरैले आलाेचना गर्न थालेका छन् । विभिन्न राजनीतिक दलका नेताहरूसमेतले अर्थमन्त्रीकाे राजीनामा मागेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समेत घुमाउराे पारामा अर्थमन्त्री शर्माकाे राजीनामा मागेका छन् । उनले भनेका छन्, ‘नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !’ उनले तत्कालीन समयमा यस्तै अवस्थामा राजीनामा गरेका अर्थमन्त्री आचार्यकाे तस्बिर साझेदारी गर्दै भनेका छन्, ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यकाे प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !’

अर्थमन्त्री शर्माकाे जनताकाे तहमा समेत आलाेचना हुन थालेकाे छ । तर, महेश आचार्यकाे निलम्बनमा परेका पूर्वगभर्नर रावलले भने अहिलेका अर्थमन्त्री शर्माले राजीनामा दिनैपर्छ भन्ने नभएकाे बताएका छन् । मकालुखबरसँगकाे कुराकानीकाे क्रममा रावलले भनेका छन्, ‘किन यत्तिबेला उहाँ (अर्थमन्त्री जनार्दन शर्मा) ले राजीनामा दिने र ? अब राम्राे काम गरे, मिलेर काम गरे त्याे राम्राे हुन्छ । संकटकाे बेलामा किन उहाँले राजीनामा दिने ? त्याे झनै घातक हुन्छ ।’

आफू अर्थमन्त्री र गभर्नर मिलेरै काम गर्नुपर्ने पक्षमा रहेकाे रावलले सुनाए । ‘माैद्रिक नीतिका कुरा छन्,’ उनले भनेका छन्, ‘बजेट अब ल्याउने बेला भयाे । अब त अर्थमन्त्रालय, राष्ट्र बैंक, याेजना आयाेगहरूबीच सहकार्य हुने बेला भएकाे छ । अब त झन् काम गर्ने बेला भएकाे छ । उहाँले राजीनामा दिनैपर्छ भन्ने छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *