कांग्रेस महामन्त्री शर्माले लेखे- ‘नैतिक मूल्यकाे प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नैतिक मूल्यकाे प्रस्तुतिले नै राजनीति सुन्दर बन्दै जाने बताएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनबारे परेकाे रिटमा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले निमलम्बकाे निर्णय तत्काल लागू नगर्न अल्पकालीन आदेश दिएर अधिकारी काममा फर्किन लाग्दा महामन्त्री शर्माले लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यकाे प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !’

आचार्य अर्थमन्त्री हुँदा तत्कालीन गभर्नर डा. तिलक रावल निलम्बनमा परेका थिए । पछि सर्वाेच्चले रावलकै पक्षमा फैसला सुनाउँदा आचार्यले राजीनामा दिएका थिए । गत चैत २४ गते बसेकाे मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेका थियाे । मंगलबार मात्रै सर्वाेच्च अदालतले तत्काल निर्णय लागू नगर्न सरकारलाई आदेश जारी गरेकाे छ । यसपछि गभर्नर अधिकारी काममा फर्किँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *