काजल अग्रवाललाई पुत्रलाभ

काठमाडौँ । दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार अभिनेत्री अग्रवाललाई हिजो मंगलबार पुत्रलाभ भएको हो। उनले आफ्नो गर्भावस्थाको जानकारी सामाजिक सञ्जालमार्फत केही समयअघि नै गराएकी थिइन् भने आफ्नो स्थितिको नियमित अपडेट पनि उनले आफनो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिँदै आएकी थिइन्। इन्स्टाग्राम अकाउन्टमा उनले आफ्नो गर्भावस्थाको फोटो सुट नियमित रूपमा राख्दै आइरहेकी थिइन्।

पुत्रलाभ भइसकेपछि भने काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गरिसकेकी छैनन्। सञ्चार माध्यमबाट खबर बाहिरिएसँगै उनका प्रशंसकहरू उनका छोरासहितको तस्बिर हेर्नका लागि उत्सुक भएको पाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *