भन्सार छली लैजान लागेको सुन तथा मोबाइलसहित २ जना पक्राउ

काठमाडौँ । अ-वैध रुपमा लुकाइछिपाई भन्सार छली लैजान लागेको सुन तथा मोबाइलसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली तिनपटन गाउँपालिका-३ वतन भएका २२ वर्षीय हेमराज न्यौपाने र धादिङ निलकण्ठ नगरपालिका-७ वतन भएका ३४ वर्षीय राजेन्द्र अधिकारी रहेका छन् ।

हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन १३ प्रो म्याक्स त्यस्तै राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन प्रो म्याक्स बरामद भएको छ ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा सुटकेशभित्र फल्स बटम बनाई उक्त सुन तथा मोबाइल राखेर भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *