कान्तिपुर दैनिककाे कार्यालय घेराउ गर्ने पत्रकार महासंघकाे निर्णय

काठमाडाैँ । नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकबाट शुरू गरेकाे आन्दाेलनलाई थप सशक्त बनाउने निर्णय गरेकाे छ । मंगलबार बसेकाे महासंघकाे बैठकले यस्ताे निर्णय गरेकाे महासचिव राेशन पुरीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसअघि आज महासंघका पदाधिकारीहरूसहित पत्रकारहरूले थापाथलीस्थित कान्तिपुर मिडिया ग्रूपकाे कार्यालयमा धर्ना दिएका थिए । महासंघले यसलाई सशक्त रूपमा निरन्तरता दिने भएकाे हाे । विज्ञप्तिमा भनिएकाे छ, ‘बैठकले भोलि २०७९ वैशाख ७ गते बुधबार महिला अधिकार तथा श्रम अधिकारका पक्षमा क्रियाशील विभिन्न संघसंगठनसँग आन्दोलनका विषयमा अन्तरक्रिया गर्ने र पर्सि वैशाख ८ गते बिहीबारदेखि थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा दबाबमूलक घेराउ गर्ने निर्णय गरेको छ ।’

यस्तै महासंघले नागरिक दैनिकसँग पनि सहमति नभए धर्ना दिने निर्णय गरेकाे छ । ‘नागरिक दैनिकको कार्यालयमा धर्ना दिने कार्यक्रमका सन्दर्भमा पत्रिकाको व्यवस्थापन पक्षबाट महासंघसँग वार्ता गर्ने आग्रह भएकोले वार्तामा बस्ने निर्णय गर्दै वार्ताबाट सहमति नजुटे आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *