रुसी केन्द्रीय बैंकद्वारा नयाँ भुक्तानी प्रणाली शुरू
२०७९ वैशाख ६ गते

काठमाडौँ । रुसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ ।
विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण र विकासको लागि युरोपीयन बैंक, जर्मन इन्भेस्टमेन्ट कर्पोरेशन र इन्टरनेशनल फाइनान्स कर्पोरेशन लगायातको संस्थाहरूको अंश रहेको रुसी वाणिज्य बैंक ट्रान्सक्यापिटलले हेलो भुक्तानी प्रणाली शुरु गरेको हो ।
यस नयाँ प्रणालीबाट रकमान्तरण गर्न सकिने छ ।
२०७९ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








